काठमाडौं: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहका प्रमुख समेत रहेका वरिष्ठ सई बासुदेव अवस्थीसहित ६१ जना इन्सपेक्टर बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस गरिएको हो।
आइतबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो। यस अगाडि बढ्दो चलखेलका कारण बढुवा प्रभावित हुँदै आएको थियो।



Facebook Comments Box