काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममूखि काम गर्न नसके जुनसुकै बेला कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन्।
‘सशस्त्र प्रहरीको बर्दी चम्काउने की यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ त्यसैले संवेदनशिल भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजश्व संकलनका लागि २४ घण्टा सक्रिय रहनु,’ उनले भने।
त्यस्तै आइजिपी अर्यालले लोभलालचमा नफसी संगठनको नीति नियम अनुसार काम गर्न पनि निर्देशन दिए।
‘देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नुभएन भने र व्यक्तिगत लोभलालचमा फस्नु भयो भने तपाईलाई कुनै शक्तिले पनि बचाउन सक्दैन त्यसको हेक्का राख्नुहोला,’ उनले भने।
उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी कार्य गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन उनले निर्देशन दिए।