धनगढी: डडेल्धुरामा अटोको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका– ८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिँदा चार वर्षीय बालक विवेक बिकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठका अनुसार बिहीबार अपराह्न सडकमा हिँडिरहेका बिकलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल– ८ गोदाम नजिक ठक्कर दिएको थियो।
ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बालक विवेक आमा ज्योती श्रेष्ठ बिकसँगै पैदल हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिएको बताइएको छ।
दुर्घघटनामा थप दुई जना घाइते भएका छन्।घाइतेहरूलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ। अटो चालक भने फरार छन्।
Facebook Comments Box