कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकामा बेलौरी नगरपालिका–१ को मतगणना भइरहेको छ । मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रको अग्रता कायम छ ।
खसेको १ हजार ६ सय ४७ मतमध्ये १ हजार ३ सय ८३ मत गणना गरिएको हो । मेयरमा माओवादीका पोतीलाल चौधरीले ५२० मतसहित अग्रता लिएका हुन् । माओवादी केन्द्रलाई एमालेले पछ्याइरहेको छ ।
एमालेकी कमला बोहराले ४२४ मत पाएकी छन् । काँग्रेसका हरेन्द्रसिंह विष्टले ३४० मत पाएका छन् ।
यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ५१०, काँग्रेसकी खिना भण्डारीले ३९६ र एमालेका जोगराम चौधरीले ३८६ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box