काठमाडौं – वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगित भएका मतदान केन्द्रको संख्या ७९ पुगेको छ ।
निर्वाचन आयोगले गएराति १० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगित भएको विवरण सार्वजनिक गरेको हो ।
हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगित भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ ।
Facebook Comments Box