कैलाली – कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । गोदावरीका २ वडामा १०१८ मतगणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको हो ।
वडा नं १ र १२ मा गरिएको मतगणनामा वडा नं १ मा ४ सय १८ मतगणना हुँदा नेपाली कांग्रेसका बिरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका छन् । उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले ३६३ मत ल्याएका छन् ।
वडा नं १२ मा ६ सय मत गणना हुँदा कांग्रेसका भट्टले २०४ र एमालेका भट्टले २३७ मत ल्याएका छन् ।
वडा नम्बर १२ मा भने कांग्रेस एमालेले समान मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार भिम खड्का ले २०८ मत पाएका छन् भने एमालेका उम्मेदवार नन्दु नेपालीले पनि २०८ मत पाएका छन्।
Facebook Comments Box