कैलाली– कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले दोब्बर मतान्तरले अग्रता लिएको छ । सुरुवाती चरणदेखि नै अग्रता लिएका नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अगाडि गएका छन् ।
थारुले ५८८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार श्याम खत्रीले २६७ मत ल्याएका छन् । त्यसैगरि गठबन्धन दलका उम्मेदवार नवराज रावलले १९० मत ल्याएका छन् ।
यस्तै उपमेयरमा पनि नागरिक उन्मुक्तिका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेकी छन् । एमालेबाट उपमेयर उपमा केसीले १९० र गठबन्धनबाट माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन् ।
टीकापुरबाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका रेशम चौधरी टीकापुर काण्डमा मुछिएर कारागारमा छन् । उनकै पलमा आफ्नै श्रीमती श्रेष्ठको अध्यक्षतामा उनले नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।