कैलाली– धनगढी उपमहानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । उनले अग्रता पनि बढाउँदै गएका छन् ।
जम्मा १९५३ मतगणना हुँदा हमालले ९०९ मत ल्याएका छन् । उनलाई गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दको ८३ मत पुगेको छ ।
उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका शान्ति अधिकारीले अग्रता लिएकी छन् । उनले ४५८ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३११ मट ल्याएका छन् ।
मतगणनामा बदर मतको संख्या पनि धेरै देखिएको छ । १९५३ मतगणना गर्दा ९०९ मत बदर भएका छन् ।
Facebook Comments Box