काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका शाहले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई एक हजार भोटले पछि पार्दै अग्रता कायम गरेका हुन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत प्राप्त गरेका छन् ।
शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार १६४ मत ल्याएका छन् ।
पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । राष्ट्रियसभा गृहमा मतगणना जारी छ।
Facebook Comments Box