काठमाडौं– काठमाडौं महानगरपालिका–१ मा एमाले विजयी भएको छ । एक वडासदस्यसहित भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर वडाध्यक्ष विजयी भए । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८ ल्याएर दोस्रो नम्बरमा आएका छन्।
एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन् । तर यो वडाबाट एमालेकै मेयर उम्मेदवार स्थापितले भने आधा मत पाएका छन्। यहाँ उनको मत ३ सय ६५ आएको छ।
यो वडाबाट मेयर उम्मेदवारमध्ये सबभन्दा बढी बालेन शाहले ७ सय ८३ मत पाएका छन् । यो वडामा ३ हजार ७ सय ४० मतदाता भए पनि २ हजार ७९ मत खसेको थियो ।
Facebook Comments Box