बैतडी- बैतडीको शिवनाथ गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।
गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँद फेरि विजयी भएका छन् । उनले तीन हजार १६५ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका हजारीसिंह साउँदले दुई हजार ८४९ मत पाए ।
उपाध्यक्षमा एमालेकी सकुन्तला साउँद विजयी भएकी छन् । उनले दुई हजार ८७९ मत पाइन भने उनका प्रतिद्वन्द्वी माओवादीका नरेन्द्र साउदले दुई हजार ६७९ मत पाए ।
सो पालिकामा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठवन्धन रहेको थियो । अध्यक्षमा विजयी साउँद ०७४ मा पनि विजयी भएका थिए । त्यस बेला पनि उपाध्यक्षमा एमालेकै उम्मेदवार विजयी भएका थिए ।
Facebook Comments Box