अछाम– अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर साउँद विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीलाई हराउँदै उनी अध्यक्षमा विजयी भएका हुन् ।
साउँदले तीन हजार ९८२ मत ल्याएर भने आउजीले दुई हजार ५०६ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्कबहादुर साउँदले एक हजार ४७४ मत ल्याए ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरुदेबी खड्का निर्वाचित भइन् । खड्काले तीन हजार ७३४ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी अनिता खड्काले दुई हजार ४९१ मत पाइन् । यस्तै गठबन्धनका जीवनबिक्रम साउँदले एक हजार ७६३ मत ल्याए ।
Facebook Comments Box