डडेल्धुरा– डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस(बीपी) ले अग्रता बनाएको छ । ८ हजार २२५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई उछिन्दै कांग्रेस (बीपी)का हरिप्रसाद भट्टले अग्रता लिएका हुन् ।
अमरगढीमा वडा नम्बर १ देखि ८ सम्मको गणना सम्पन्न भएको छ । वडा नम्बर ८ वडा र ९ को ६ सय मत गन्दा कांग्रेस (बीपी)ले मेयरमा पहिलो पटक अग्रता लिएको हो ।
पछिल्लो विवरण अनुसार मेयरमा भट्टले २ हजार ९५८ र जोशीले २ हजार ९५६ मत पाएका छन् । उनीहरुबीच २ मतको अन्तर छ ।
यस्तै उपप्रमुखमा काँग्रेसका उम्मेदवार पार्वती झुकालले २ हजार ९४४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २ हजार ७६५ मत पाएका छन ।
Facebook Comments Box