डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी विजयी भए । उनले ३ हजार ६१९ मत ल्याए भने उनका प्रतिद्वन्दी भट्टले ३ हजार ४२६ मत पाए ।
अमरगढीमा कांग्रेसका निर्बर्तमान सभापति कर्ण मल्लले कांग्रेस (बीपी)बाट एमालेंसंग तालमेल गरेको थियो । त्यसैगरि उपमेयरमा एमाले र कांग्रेस (वीपी)का उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै कांग्रेसकी पार्वती झुकाल निर्वाचित भइन् । उनले ३ हजार ६७८ मत ल्याइन् भने उनका निटतम प्रतिद्वन्दी यज्ञराज भट्टले ३०८५ मत पाए । नेकपा एकीकृत समाजवादीकि संगिता भण्डारीले ७६७ मत ल्याइन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा जोशी र झुकाल एमालेका उम्मेदवारसँग पराजित भएका थिए । अमरगढी नगरपालिकाका ११ वटा वडामध्ये वडा नम्बर ८ को अध्यक्षमा काँग्रेस (विपी)का उम्मेदवार विजयी भएका छन् भने अन्य वडामा काँग्रेस विजयी भएको छ ।