दार्चुला – दार्चुलामा राजनीतिक रुपमा उच्च अहोदामा बसेका व्यक्ति वडा सदस्यमै पराजीत भएका छन् । वडा सदस्य हुँदै जिल्ला समन्वय समितिमा आउने चाहना बनाएर वडामा लगेका उनीहरु सदस्यमै पराजीत भएका हुन् ।
अहिलेका निर्वतमान जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की वडा सदस्यमा पराजीत भए । दुहुँ गाउँपालिका ४ बाट उम्मेदवार बनेका कार्कीको वडामा एमालेले पूरै प्यानल विजयी गरायो । नेकपा माओवादी केन्द्रका महाकाली नगर कमिटी अध्यक्ष गणेशसिह खत्री वडा सदस्यमा पराजीत भए ।
महाकाली नगरपालिका वडा नम्बर ५ मा नेपाली काग्रेसको चुनाव चिन्ह लिएर चुनावमा गएका खत्री पराजीत भए । खत्री यसअघि नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुँदा पनि पार्टी अध्यक्ष चलाए । पछिल्लो समय शक्ति गुमाउँदै जाँदा उनी नगर कमिटीको अध्यक्षमा खुम्चिएका छन् ।