नवलपरासी– नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो ।
काम गरेर घर फर्किँदै गरेको अवस्थामा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
चट्याङ लागेर घाइते भएका थारूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको पाठकले बताए । उनका अनुसार चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
Facebook Comments Box