काठमाडौं । नेकपा माओवादी केन्द्रको आज आइतबार बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको छ । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो ।
यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।
Facebook Comments Box