महेन्द्रनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्।
नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरले आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो दाबी गरेका हुन्। ‘
समानुपातिक र प्रत्यक्ष गरी प्रतिनिधि सभामा १५० सिट जित्ने दाबी गर्दै ओलीले भने, ‘अरुको बैसाखी टेकेर होइन। जनताले भोट हालेर जित्छौं।’ अहिलेको गठबन्धन सरकार राष्ट्रियता विरोधी भएको आरोप ओलीले लगाए।
‘शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेख्नुभएको छ,’ उनले भने, ‘योभन्दा लज्जासपद के हुनसक्छ रु अहिले गठबन्धनलाई जनताले बुझिसकेका छन्।’ जनतालाई धोका दिन र जनतालाई फसाउनमा मात्रै गठबन्धन सरकार सक्रिय भएको आरोप ओलीले लगाए।
यस्तै ओलीले नेकपा एकीकृत समाजवादीमा आवद्ध नेताको ठूलै टोली एमालेमा फर्काएका छन्। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वअध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन्। यस्तै आजै मात्रै बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन्।