दार्चुला – दार्चुलामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा आज बसेको सरोकारवाहरुको बैठकले छोटो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्रका कालोपत्रे र कच्चि सडकमा चल्ने सार्वजनिक सवारीसाधनका लागि छुट्टाछुट्टै भाडादर कायम गरेको छ ।
पछिल्लो समय महाकाली लोकमार्ग अन्र्तगत पक्की सडक र अन्य ग्रामिण सडकमा चल्ने सार्वजनिक सवारीसधानहरुले मनपरी भाडा असुल्ने गुनासो बढ्न थालेपछि सरोकारवालाहरुको उपस्थितिमा नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भएको छ ।
महाकाली लोकमार्ग अन्र्तगत खलंगा देखि धापसम्मको ६० रुपैया,खलंगा देखि दत्तु सम्मको एक सय रुपैया, खलंगा देखि मेलीखेतसम्म १ सय ५० रुपैया र खलंगा देखि शंकरपुर पस्ती सम्मको २ सय २५ रुपैया भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
त्यसैगरि खलंगा देखि ऐरिछाना सम्म २ सय ५० रुपैया,खलंगा देखि मालिकार्जुनसम्म ३ सय रुपैया र खलंगा देखि गोकुलेश्वर सम्म ४ सय ५० रुपैया तोकिएको छ । गोकुलेश्वर देखि बाँलाच पक्की सडक सम्म एक सय रुँपैया तोकिएको छ । बलाँच देखि मकरीगाड सम्म कच्चि सडकखण्ड रहेको छ उक्त मार्गमा पक्की सडक भन्दा बढि भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बँलाच देखि लटिनाथ सम्म २ सय ५० रुपैया र लटिनाथ देखि मकरीगाड सम्म २ सय ५० रुपैँया तोकिएको छ । त्यस्तै खलंगा दल्लेख खार,होपरीगाड हुदै गोकुलेश्वर सडकखण्ड अन्र्तगत खलंगा देखि खलंगा देखि काँटै ७५ रुपैया,खंलगादेखि सेला सम्म १ सय रुपैँया,खलंगा देखि झुस्कु सम्म १ सय २० रुपैया,खलंगा देखि दल्लेखसम्म २ सय ५० रुपैया र दल्लेख देखि होपरीगाड सम्म २ सय रुपैया कायम गरेको छ ।
खंलगा बेत,जौलजिवी उकु सडकखण्ड अन्र्तगत खलंगा देखि जोलजिबि २ सय ५० रुपैया, खलंगा देखि सलेतीसम्म ३ सय ५० रुपैया भाडादर कायम गरिएको छ ।होपरीगाड देखि धुलिगडा सम्म १ सय ५० रुपैया र धुलिगडादेखि गोकुुलेश्वर २ सय रुपैया भाडा तोकिएको छ ।दार्चुला तिंकर सडक अन्र्तगत खलंगादेखि श्रीबगड सम्म ५० रुपैया र खलंगा देखि दुहु गाउँपालिकाको चल्लेगडा सम्म २ सय ५० रुपैया भाडादर कायम गरेको छ ।
सरोकारवालाहरुको छलफलबाट गोकुलेश्वर देखि रिठाचौपाता सम्म ३ सय ५० रुपैया भाडा निर्धारण गरेको छ । वैठकले जिल्लाभित्र चल्ने छोटो दुरीका सार्वजनिक यातायातका जिप पनि यात्रुहरुलाई अनिवार्य टिकट उपलब्ध गराउनुपर्ने र सवारीसाधनकोे भाडादरको सुचि आफ्नो रुट अनुसार सवै यात्रूले देख्ने गरि राख्नुपर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको सरोकारवालाहरुको वैठकले उल्लेखित भाडादर भोलीबाट देखि नै कार्यान्वयन हुने र कसैले कार्यान्वयन गरेको नपाईए तत्काल जारिवाना र कानुनी कार्वाही गरिने निर्णय गरेको छ । त्यस्तै सवैले ट्राफिक नियमको अनिवार्य परिपालना गर्नुपर्ने र गर्न लगाउने निर्णय समेत गरेको छ ।
वैठकमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडु,महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,संचारकर्मी र सरोेकारवाला पक्षहरुको सहभागिता रहेको थियो ।