दार्चुला – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत भित्रै विहिबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनु भएको छ ।
असोज २३ गते आइतबार प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उहाँले बताउनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको बिषयमा समेत अनुगमन गर्नेछ ।