कञ्चनपुर – भिमदत्त नगरपालिका-४ चम्मन चोकमा म.१ प ६२७२ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ ।
सु.प.प्र.०२-००१ ख ११६१ नम्बरको बसमा ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ तिलाचौर बस्ने २० वर्षीय सुनिल रानाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box