महेन्द्रनगर – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट आसन्न चुनावमा उम्मेदवार बन्नबाट बञ्चित भएका छन्।
एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एकीकृत समाजवादीको भागमा पर्दा प्रदेशसभा (१) कांग्रेस र प्रदेश सभा (२) क्षेत्र माओवादी केन्द्रको भागमा परेका छन्। तर, भट्टले टिकट पाएनन् ।
माओवादी केन्द्रको भागमा परेको क्षेत्रबाट शिवसिंह वलीले टिकट पाएका छन् । वली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् ।
Facebook Comments Box