इलाम – सुन सफा गरिदिने बहानामा ठगी गरेको भन्दै प्रहरीले इलामबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहार सुल्तानपुरका ४९ वर्षीय केशव शाह रहेका छन् ।
सूर्योदय नगरपालिका २ बौद्धधामकी कल्पना तामाङको सुनको सिक्री, चाँदीको चम्चा र काँसको थाल सफा गर्ने बाहनामा ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप सुवेदीले जानकारी दिए ।
साहमाथि थप अनुसन्धान भइरहको उनले बताए ।
Facebook Comments Box