काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौँ क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो ।
तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे ।
स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटे । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरू अर्को उम्मेदवारबारे छलफलमा छन् ।
यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरूको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।
Facebook Comments Box