काठमाडौं – बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो।
अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।
१७ वर्षीया नाबालिगमाथि
बलात्कार गरेको आरोप लागेका उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box