काठमाडौँ – कालिकोटको तिलगुफा गाउँपालिका ४ मा मलामी गएका १३ जना पहिरोले बगाएर खोलामा बेपत्ता भएका छन् ।
आइतबार सोहि पालिकाको राचुलीमा मलामी गएका मध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता तथा एसएसपी माधव श्रेष्ठले जानकारी दिएका छन् । ‘उहाँहरु मलामी जानुभाथ्यो । दाहसंस्कार गरिरहेका बेला माथिबाट पहिरो झरेर खोलामा बेपत्ता हुनुभएको छ ।’ प्रवक्ता श्रेष्ठले संसारन्युजसँग भने ।
श्रेष्ठले खोजी कार्यका लागि स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन जुम्लाको टोली घटनास्थलमा पुगेको बताए । श्रेष्ठका अनुसार वर्षाका कारण धेरै ठाउँमा बाटो बन्द भएपछि उद्धारका लागि कठिनाई भएको छ । ‘गाँडीमा जान सकिदैन, पैदल जानुपर्छ । टावर पनि र्छैन फोन पनि गर्न मिलेको छैन ।’ श्रेष्ठले भने ।
सोहि गाउँमा वर्षाका कारण झण्डै १०० घर परिवार जोखिममा रहेको र स्थानीयले स्कुलमा आश्रय लिएर बसेका छन् ।