काठमाडौँ – निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गङ्गा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् ।
हिजो आइतबार स्वतन्त्र उम्मेदवारी मनोनयन गराएकी चौधरीले दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग एक भेलामा बोल्दै एमाले नेतृत्वले विदेशी दबाबमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी हुन् ।
विगतमा प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको भन्दै उनले गर्व गरिन् । आफूलाई एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप दण्डित गरिएको दाबी गरिन् ।
चौधरीका भनाइहरूबाट अब उनी एमालेमा छैनन् भन्ने अर्थ लाग्छ । तर यो वाक्य उनले सिधै घोषणा भने गरेकी छैनन् ।
Facebook Comments Box