डडेल्धुरा – प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्द्र उजुरी परेको हो। नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ।
बीपी काँग्रेसका तर्फबाट उम्मेदवार रहेको कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन्। मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए।
Facebook Comments Box