काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दललाई मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ ।
आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ ।
निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।
Facebook Comments Box