काठमाडौँ – माओवादी केन्द्रको बलियो पकड रहेको रुकुम पश्चिममा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा उम्मेदवार बनेका छन् ।
अपराजित रहँदै आएका शर्मालाई यस पटक पाँच जनाले चुनावी मैदानमा चुनौती दिएका छन् । त्यहाँ एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् । यस्तै, राप्रपाबाट दीपककुमार मल्ल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट हरिबहादुर पुन उम्मेदवार छन् । त्यहाँ तारक केसी र राजन पाण्डे स्वतन्त्र उम्मेदवार छन् ।
Facebook Comments Box