काठमाडौँ – नेपाली कांग्रेसले विद्रोही उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
पार्टीको निर्णयविपरीत उम्मेदवारी दिइसकेका उम्मेदवारहरुले उम्मेदवारी निष्क्रिय पारे उनीहरूमाथिको कारबाही फिर्ता लिने कांग्रेसले जनाएको छ ।
सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँग देशभर गठबन्धन गरेको कांग्रेसले बुधबारै पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई पाँच वर्षका लागि पार्टीको सदस्यबाट निष्कासन गर्ने निर्णय गरिसकेको छ ।
तर यदि कोही विद्रोही उम्मेदवारले अझै पनि विद्रोही उम्मेदवारी निष्क्रिय पारेको अवस्थमा उनीहरुमाथिको कारवाही फिर्ता गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार उम्मेदवारी निष्क्रिय पार्नका लागि असोज ३१ गतेसम्मको समय दिएको छ ।
Facebook Comments Box