उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुुरले सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका एक युवा पक्राउ परेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो ।
गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए । आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।
Facebook Comments Box