महेन्द्रनगर – सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले मानव श्रोत विभागमा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा प्रसाद भट्टराईको काज सरुवा गरेको छ ।
मन्त्रीस्तरीय बैठकले असोज ३१ गते गरेको निर्णयअनुसार डिआइजी भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार काज सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
डिआइजी भट्टराईको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईको काज सरुवा गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । निर्वाचनको मुखमा काज सरुवा गरिएको हो ।
Facebook Comments Box