सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । सत्तारुढ गठबन्धनले मंगलबार सुर्खेतको मेहेलकुनामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् ।
‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ,’ उनले भने,‘ गठबन्धन १५ वर्ष जानेछ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए । उनले अब ओलीसँग सहकार्य नहुने पनि जानकारी दिए ।
Facebook Comments Box