धनगढी – .नेकपा एमाले निकट अनेरास्ववियूले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्द संगै बजारका गल्लीहरुमा टायर बालेपछी सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।
अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसंगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाईते चेतनको आईतबार राति नै मृत्यु भएको थियो ।
अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पुगाउने बित्तिकै अयडीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अयडीको शब अहिले बयलपाटा अस्पतालमै रहेको छ ।
त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा विवाद हुदा सुरक्षाकर्मीको गोली लागेर स्थानिय काँग्रेस कार्यकर्ता सञ्जिब अयडिको मृत्यु भएको थियो ।