काठमाडौं- भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी विधानसभा चुनावमा पराजित भएका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई कांग्रेसका भुवन कापडीले ६ हजार ९ सय ५१ मतले पराजित गरेका हुन्।
बिहिबार सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३ सय २५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६ सय २६ मत प्राप्त गरे। उनका प्रतिद्धन्द्धी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६ सय ७५ मत मात्रै प्राप्त गरेका थिए।
विधानसभामा विजयी कापडी उत्तराखण्ड कांग्रेसका कार्याकारी अध्यक्ष हुन।सन् २०१७ को विधान सभा चुनावमा कापडी मुख्यमन्त्री धामीसंग २ हजार ६ सय ९ मतान्तरले पराजित भएका थिए। त्यस बेला कापडीले २६ हजार ८ सय ३० र धामीले २९ हजार ५ सय ३९ मत ल्याएका थिए।
Facebook Comments Box