बाजुरा – बाजुराको मतगणना केही बेरपछि सुरु हुँदैछ । मतगणनाका लागि सर्वदलीय बैठकले निर्णय गरेपछि बिहीबार दिउँसो साढे ३ बजेबाट मतगणना सुरू हुने जनाइएको छ ।
बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरू हुने निर्णय गरिएको जनाइएको छ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले आज दिउँसो साढे तीन बजेबाट मतगणना सुरू हुने जानकारी दिए।
यसअघि मंसिर ४ गते भएको विवादका कारण भएका घटनाका कारण मतगणना कार्य सुरू हुन सकेको थिएन।
Facebook Comments Box