काठमाण्डाै – भारतसँगकाे दाेस्राे एकदिवसीय क्रिकेटमा बङ्गलादेश विजयी भएकाे छ । मिरपुरमा भएकाे खेलमा बङ्गलादेशले भारतलाई पाँच रनले हरायाे ।
बङ्गलादेशले दिएकाे दुई सय ७२ रनकाे लक्ष्य पछ्याएकाे भारतले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ६६ रनमात्र बनाउन सक्याे । भारतका लागि श्रेयस अय्यरले ८२, अक्षर पटेलले ५६ र राेहित शर्माले नटआउट ५१ रन बनाए । बलिङतर्फ बङ्गलादेशका इबादत हाेसैनले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७१ रन बनायाे । बङ्गलादेशका लागि मेहदी हसनले १०० रन बनाए । यस्तै महमदुल्लाहले ७७ रन बनाए । बलिङतर्फ भारतका वाशिङ्टन सुन्दरले तीन विकेट लिए ।
याे जितसँगै बङ्गलादेशले भारतसँगकाे शृङ्खला एक खेलअघि नै जितेकाे छ । पहिलाे खेलमा बङ्गलादेश एक विकेटले विजयी भएकाे थियाे । तेस्राे तथा अन्तिम खेल आउँदाे शनिवार हुनेछ ।