काठमाडौँ- जुम्लाको हिमा गाउँपालिकाले छाउपडी प्रथा नमान्ने र छोरीलाई पनि अंश दिने परिवारलाई सम्मान गरेको छ।
‘महिलासँग उपाध्यक्ष कार्यक्रम’ मार्फत् छोरीलाई पनि छोरा समान अंश दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन्।
‘छोरा छोरी दुवै बराबरी हुन् भन्ने मान्यतालाई स्थापित गर्न हामीले त्यस्ता अभिभावकलाई सम्मान गरेका हौँ,’ रोकायाले भनिन्, ‘छोरीलाई अंश दिने र छाउपडी प्रथा नमान्ने परिवार हाम्रो समाजका आदर्श हुन्।’
Facebook Comments Box