काठमाडौं – टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनले आज (शुक्रबार) विजेता प्राप्त गर्दैछ ।
बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।
जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई) बाट सविना योङहाङ, टिम राजु (राजु लामा) बाट करण राई र टिम प्रविशा (प्रविशा अधिकारी) बाट साहिल लिम्बू छन् ।
दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए । ग्रान्ड फिनाले कार्यक्रममा टप १२ सम्मबाट आउट भएका प्रतियोगीहरुले प्रस्तुति दिने जनाइएको छ ।
Facebook Comments Box