काठमाडौँ –निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम, २०७८ अन्तर्गतका त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने कार्य भइरहेको बताइएको छ।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र खटनपटनका लागि गृहकार्य भइरहेको छ।
Facebook Comments Box