काठमाडौं – प्रतिनिधि सभा विघटन प्रतिगमन हो होइन भन्ने विष्यालाई लिएर संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सवालजवाफ चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा मंगलवार देउवाले आलीले सोमबार संसदमा दिएको अभिव्यक्तिबारे आपत्ति जनाएका थिए ।
देउवा लगत्तै बोलेका ओलीले प्रतिनिधि सभा विघटनको गुरुको संज्ञा दिएका हुन् । ‘२०१७ सालमा राजा महेन्द्रले संसद विघटन गरेका थिए, २०४८ सालको संसद विघटन गरेर २०५१ सालमा मध्यावधीमा जाने कांग्रेस हो, म होइन’ ओलीले भने, ‘गुरु(देउवा)जी आफूले गरेको ? कतिपटक संसद विघटन गर्नुभयो देउवाजी । देउवाजीले २०५८ सालमा प्रतिनिधि सभा विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ?’
ओलीले प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको मंगलबार पनि दोहोर्याए । ‘बेलायत, जापानलगायत देशमा पनि प्रतिनिधि सभा विघटन भएका छन्, संविधानमा नभए पनि परम्परमा छ, झन् गुरु मान्दा देउवाजीले हमला गर्ने ?’
प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास लिने प्रक्रिया चलिरहेको छ ।