काठमाडौँ – मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
६३ जना सांसदको समर्थनसहित उनी मुख्यमन्त्रीमा नियुक्त भएका जसपाका सांसद रामअशीष यादवले जानकारी दिए ।
उनलाई नेकपा एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र दुई जना स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध कुमार सिंहले समर्थन गरेका हुन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
Facebook Comments Box