काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ।
गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजीत्रय धीरज प्रताप सिंह, रवीन्द्र धानुक र बसन्त पन्तलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।
५ फागुनमा सरकारले नेपाल प्रहरीमा एआईजीको ३ वटा नयाँ दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएको दरबन्दीमा सिंह, धानुक र पन्तलाई बढुवा सिफारिस गरिएको हो। अब नेपाल प्रहरीमा ८ जना एआईजी रहनेछन्।
सिंह र पन्त एउटै ब्याची हुन्। उनीहरुका ब्याची विश्वराज पोखरेल र सहकुल थापा यसअघि नै एआईजी भइसकेका छन्। त्यस्तै पन्त प्रहरी महानिरीक्षक सैलेश थापाका ब्याची हुन्।
Facebook Comments Box