कञ्चनपुरः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारसंग भेट गरेका छन्। दुर्घटनामा बुहारी र नाति गुमाएकी भीमदत्त नगरपालिका–४ की माया भट्टको परिवारलाई भेट्दै मुख्यमन्त्री रावलले सान्त्वना र संवेदना प्रकट गरेका हुन्।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा महेन्द्रनगरका व्यवसायी संञ्जीवचन्द्र भट्टका श्रीमती सुष्मा र कान्छा छोरा स्लकको ज्यान गएको थियो।
सोमबार उनीहरुको सनाखत भएको छ। शव अन्तिम संस्कारका लागि महेन्द्रनगर ल्याउने तयारी भइरहेको छ।
Facebook Comments Box