धनगढीः सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमाले २ राज्यमन्त्री र ८ मन्त्री पाउने भएको हो।
तीमध्ये उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्।
एमालेबाट यसअघि ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन्। दामोदर एमाले सुदूरपश्चिमका अध्यक्ष तथा बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
उनले भागवण्डा अनुसार आज उद्योग मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको छ। स्रोतका अनुसार भण्डारीले पार्टीमा त्यसैका लागि लबिङ गरिरहेका छन्।
भागवण्डामा एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ।