कैलालीः कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीले अनुगमन तिब्र गरेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले नाकामा अनुगमन गरेको हो।
वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको हो। वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषधको ओसार पोसारलाई रोक्न कुकुरसहित अनुगमन गरिएको हो।
प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको उनले बताएका छन्।
गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भएको बलमे बताए। तालिम प्राप्त कुकुर ‘सेरा’ र ‘लीली’को सहायताले प्रहरीले अनुगमन गरिरहेको छ।