काठमाडौँ – सूचना वर्गीकरण समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको सूचनाको वर्गीकरणको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालसँगको छलफलमा यो निर्णय कार्यान्वयन नगर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
मुख्य सचिव सङ्करदास बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै सरोकारवालसँग छलफल गरेका हुन् ।
Facebook Comments Box