कैलाली-धनगढी उपमहानगरपालिका मेयर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले अपांगता भएका व्यक्तिहरुका समस्या समाधानका लागि पछि नहटेको बताएका छन्।
युएसएडको आर्थिक सहयोग, फेज नेपाल र स्वावलम्बन जीवन पद्धती केन्द्र ललितपुरको समन्वयमा स्वावलम्बन जीवन पद्धती केन्द्र कैलालीको आयोजनामा सहायक सामाग्री तथा आयआर्जनका लागि किराना सामान तथा सिलाई मेसिन वितरण कार्यक्रममा नगर प्रमुख वडले सो बताएका हुन्।
कोभिडले प्रत्यक्ष असर गरेकाले नगरमा सोचे जस्तो कार्य नभए पनि भौतिक संरचना, सडक र अन्य कार्य भने भएको बताए। तपाईहरुका समस्या समाधानका लागि दातृ निकायसँग सहयोगका लागि आग्रह गरेका छौं, नगर प्रमुख वडले भने,‘अपांगता भएका व्यक्तिहरुका लागि उपमहानगरपालिकाले एक सय वटा ह्वयर चियर ल्याउने तयारी गरेको छ।’
ह्वयल चियर आएपछि तपाईहरुको सर्वेक्षण र सुझाव सल्लाहमा वितरण गर्ने नगर प्रमुख वडको भनाई छ। सरकारले गर्र्नुपर्ने कार्य गैरसरकारी संघ संस्थाले गरेको छ, उनले भने,‘त्यसका बावजुद पनि हामी तपाईहरुको समस्या समाधानका लागि जिम्मेवारीबाट टाढा भएका छैनौं।’
यसैगरी आईसीएसका अध्यक्ष भोजराज श्रेष्ठले कैलाली जिल्ला तराईको जिल्ला भएकाले हाम्रो संस्थाले धनगढी उपमहानगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरेको बताए।
उनले धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरुमा अपांगता भएका व्यक्तिहरुको अवस्था हेरेर तथ्यांक संकलन गरेर प्राथमिकताका आधारमा सामाग्री वितरण गरेको बताए। यसैगरी आईएलसीका सचिव कमला श्रेष्ठले राज्यले अपांग मैत्री भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताईन्।
आफु १२ बर्षको उमेरमा दुर्घटना भएर अपांग भएर अपांग भए, उनले भनिन्,‘मेरो हात र खुट्टामा चोट लाग्यो, अस्पतालको कोमाबाट म बाहिर आए।मैले पनि केही गर्नुपर्छ भनेर म्युजिक सिके। हिमालय टिभीमा काम गर्ने मौका पाए।अहिले म सपांग जस्तै काम गरिरहेकी छु’।
नगर प्रमुख वडले सहभागि विष्णुदेवी गुरुङ्ग, दुर्गादेवी जोशी र भानुदेवी पार्कीलाई ह्वयल चियर,, वाकर हस्तान्तरण गरेका थिए। कार्यक्रममा आईएल सेन्टरका अध्यक्ष भीम बहादुर शाहले २५ जनालाई सहायक सामाग्री वितरण गरेको बताए। उनले किराना पसल, बंगुर पालन र भैसी पालनका लागि आर्थिक सहयोग गरेको बताए।
कार्यक्रममा धनगढी उपमहानगपालिका भित्र अपांगता भएका व्यक्तिहरुको उपस्थिती रहेको थियो।