काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपति उम्मेदवारमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन् ।
राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् ।
प्रधानमन्त्री समेत रहेका प्रचण्ड सकभर राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने पक्षमा छन् भने अध्यक्ष ओली एमालेले उठाउने उम्मेदवारबाहेकमा राष्ट्रिय सहमति असम्भव हुने बताउँदै आएका छन् ।
एमालेले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका नाममा पुस १० को सहमति बिर्सेर कांग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै सशंकित बनेको छ ।